आर्थिक

सेयर बजारमा हरियाली, २ अर्बभन्दा धेरैको कारोबार

By खबरहब

November 26, 2023

काठमाडौं- आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा कायम भएको छ ।

आइतबार २ सय ९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन २ सय १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३ वटाको ओरालो लागेको छ भने ३ वटा कम्पनीको मूल्य को स्थिर छ ।