देश/प्रदेश

पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

November 26, 2023

काठमाडौं- पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–३ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने ३९ वर्षीय निमराज डाँगी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

पोर्चुगलको प्रतिष्ठित होटेलमा काम लगाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २० हजार रुपैयाँ तलब हुन्छ भन्दै उनले जोनसन श्रेष्ठसँग १० लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार १० लाख रुपैयाँ लगिसकेपछि उनी सम्पर्कविहीन भएका थिए ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।