तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतको पहिलो सौर्य अभियान आदित्य एल वान अन्तिम चरणमा

By खबरहब

November 26, 2023

नयाँ दिल्ली- सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष अभियान आदित्य एल वान अन्तिम चरणमा पुगेको छ । यसलाई एल वान बिन्दुमा लैजाने प्रयास २०२४ को जनवरी ७ सम्म पूरा हुनेछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोका प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हो ।

अन्तरिक्ष यानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट १ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य– एल वान’ अन्तरिक्ष यान गत २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो । ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा वाह्य वातावरण आदि अध्ययन गर्नेछ ।

स्रोत- एएनआई