तस्वीर- एएफपी

एसिया

म्यान्मारबाट दुई सयभन्दा धेरै थाई नागरिकको उद्धार

By खबरहब

November 26, 2023

बैंकक- म्यान्मारमा द्वन्द्व बढ्दै गएपछि दुई सयभन्दा धेरै थाई नागरिकलाई उद्धार गरिएको छ । थाई विदेश मन्त्रालयका अनुसार म्यान्मारमा फसेका २ सय ६६ जना थाई नागरिकलाई चीनको बाटो हुँदै उद्धार गरिएको हो ।

सन् २०२१ मा सैन्य कूमार्फत् सत्तामा आएका म्यान्मारको सैनिक सरकारले पछिल्लो समय विद्रोहीविरुद्ध महत्वपूर्ण भूभागहरु गुमाउँदै गएको छ ।

थाई विदेश मन्त्रालयले म्यान्मारको शान राज्यस्थित लउक्काइङबाट २ सय ६६ थाई नागरिकसँगै फिलिपिनी र सिंगापुरका नागरिकलाई पनि उद्धार गरिएको हो ।

उनीहरुलाई चीनको कुन्मिङ सहरबाट बैंकक लगिएको छ । दुई चार्टर्ड उडानमार्फत् उनीहरुलाई स्वदेश ल्याइएको थाई विदेश मन्त्रालयलाई उद्धृत गर्दै भ्वाइस अफ अमेरिकाले जनाएको छ ।