खेलकुद

अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध

By खबरहब

November 26, 2023

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो ।

टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले एस्टन भिल्लालाई बराबरीमा ल्याए । त्यसपछि ६१ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को पुनरागमन जित दिलाए ।

जितसँगै एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ । उसको १३ खेलमा २८ अंक भएको छ । त्यस्तै पराजय ब्यहोरेको टोटनहम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ ।