फाइल तस्वीर

राजनीति

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि

By खबरहब

December 26, 2023

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज सुरु हुँदैछ । बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बिहान १० बजे सुरु हुनेछ ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने विषयलाई छलफलको प्रमुख एजेण्डा बनाएको छ ।

यस्तै, पुस २५ गतेका लागि बोलाइएको राजनीतिक समितिको बैठक तथा पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँडलगायत विषयमा केन्द्रीय कार्यकारिणी समिति बैठकमा छलफल हुनेछ ।