फोटो फिचर

पशुपति क्षेत्रमा राखिएका पूजा सामग्रीहरू (तस्बिरहरू) 

By खबरहब

December 26, 2023

काठमाडौं– पशुपतिनाथ मन्दिर र पाशुपत क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

 यहाँ दर्शन गर्नको लागी देशविदेशबाट भक्तजनहरू आउने गर्छन् । पशुपति मन्दिरको गेटबाट भित्र पस्दाखेरी नै हामिले फुल प्रसादहरु अर्थात पूजाका सामाग्रीहरू राखेका पसलहरू देख्न सक्छौँ  ।

यी पसलहरूमा विभिन्न पूजा सामग्रीहरू फुल माला, रुद्राक्षको माला, भगवान् शिवको डमरु, नरिवल,शङ्ख, दियो, साना ठुला कलश,घण्टी, विभिन्न देवी देवताका मूर्तिहरू, देवी देवताका सुन्दर तस्बिर, मयुरको प्वाख, चमर लगायतका पूजा सामग्रीहरू राखिएका छन् भने श्रींगारका सामग्रीहरूमा सिन्दुर, पोते, सुन्दर बाला, टिका, नेपाली उत्पादित ब्याग टोपी, झन्डा लगायतका सामग्रीहरू राखिएका छन् ।

भक्तजनहरूले तिनै पसलहरूबाट पूजाका सामानहरू मन्दिरमा चढाउनको लागि लैजाने गर्छन् ।