फोटो फिचर

‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सुरु

By खबरहब

December 26, 2023

काठमाडौँ– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको सौराहामा  १७औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आजदेखि सुरु भएको छ ।

आजदेखि सुरु भएको हात्ती महोत्सव १४ गतेसम्म सञ्चालन हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १७औँ संस्करणको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यस महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको हात्ती महोत्सव रोकिएका थियो ।