फाइल तस्बिर

अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाविरुद्ध बीएलएको आक्रमण

By खबरहब

December 26, 2023

इस्लामावाद- पाकिस्तानको बलोचिस्तानमा सक्रिय लडाकु समूह बलोच लिबरेसन आर्मी (बीएलए) ले त्यहाँको सेनालाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण गरेको छ । बीएलएले पाकिस्तानको तुर्बत र ग्वदार क्षेत्रमा पाकिस्तानी सेनालाई लक्षित गरी दुई भएका आक्रमणको जिम्मेवारी लिएको हो ।

तुर्बतस्थित पाकिस्तानी सैनिक भेला हुने स्थानमा बीएलएले गराएको आक्रमणमा ४ जना सैनिक घाइते भएको न्युज इन्टरभेन्सनले जनाएको छ ।

त्यस्तै, ग्वदारमा पाकिस्तानी गुप्तचर सेवाका जासुसलाई लक्षित गरी आक्रमण गराएको जनाइएको छ । पाकिस्तानी सेनाले बलोचिस्तानमा जबरजस्ती कब्जा जमाएको बदलामा आक्रमण गरेको बीएलएका प्रवक्ता जीयान्द बलोचले जनाएका छन् ।

पाकिस्तानमा लामो समयदेखि बलोचहरुले स्वतन्त्र एवम् सार्वभौम बलेचिस्तानको माग राख्दै सशस्त्र आन्दोलन गर्दै आएका छन् ।