फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

By खबरहब

January 27, 2023

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार एक सयले घटेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय कायम गरिएको छ ।

चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।