माओवादी पार्टी कार्यालय । फाइल तस्बिर

राजनीति

माओवादी स्थायी समिति बैठक जारी

By खबरहब

January 27, 2023

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक अहिले बसिरहेको छ ।

कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको एक नेताले जनाएका छन् ।

साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।

माओवादी स्थायी समितिको बैठक बिहीबारै सुरु भएको हो ।