फाइल फोटो

ब्रेकिङ स्टोरी

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो  

By खबरहब

January 27, 2023

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ ।

आज गृहमन्त्री लामिछानेका कानून व्यावसायीहरूले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरूले जबाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ ।