फाइल तस्वीर

राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

By खबरहब

February 27, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखि रिक्त छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिएसँगै गृह, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिए पछि ऊर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।