अन्तर्राष्ट्रिय

टर्की र सिरिया भूकम्पका पीडा

By मनोज घिमिरे

February 27, 2023

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ। धेरै जना घरबारबिहीन समेत बनेका छन्। यसले धेरैको मानसिक स्वास्थ्यमा समेत समस्या परेको छ। धेरैको जीवन बरबाद भएको छ। आफन्त गुमाएका छन्। थुप्रैले असह्य पीडा बोकेका छन्। मर्नेहरू मात्र होइन। बाच्नेका पनि कथा छन्। आफन्त गुमाएको कथा। घरबारबिहीन भएको कथा यी सबै कथा आफ्नै स्थानमा छन्। धेरै जनाले मुस्किलले ज्यान जोगाउन गरेको सङ्घर्षका कथा अझ कारुणिक छन्। टर्की र सिरियाको भूकम्प यस वर्षको सुरुवातमा मानव बस्ती छाडेको सबै भन्दा पिडादायक दैवी विपत्तिको रूपमा रहन पुग्यो।

जाडो अझै घटी सकेको छैन। एम्बुलेन्सका साइरन धमाधम बजेका छन्। बुल्डोजर लगाइएका छन्। राहत सामग्री बोकेका ट्रक पुगेका छन्।

भूकम्पको तेस्रो दिन, यो दृश्य टर्कीको अत्यधिक प्रभावित स्थान अन्टाकाय जहाँ कुनै सवारी साधन लैजान पनि कठिन छ। ढलेका भवन सफा गरिएको छैनन्। साँच्चै विरक्त लाग्दो अवस्था छ। भूकम्पको केन्द्र विन्दु रहेको स्थानमा हजारौँको ज्यान गइसकेको छ। हजारौँ जनाको सङ्ख्या थपिँदो छ । समाचार सङ्कलन गर्न त्यहाँ पुग्ने सञ्चारकर्मीहरू आफै भक्कानिएर रुने अवस्थामा पुगी सकेका छन्।

जाडो अझै घटी सकेको छैन। एम्बुलेन्सका साइरन धमाधम बजेका छन्। बुल्डोजर लगाइएका छन्। राहत सामग्री बोकेका ट्रक पुगेका छन्। अन्तर्राष्ट्रिय निकायका सहयोगी संस्थामा स्वयंसेवक सेवामा तल्लीन छन्। टर्की र सिरियाका भूकम्प प्रभावित धेरै स्थानको कथा लगभग उस्तै हो।

बुराक आइकुप अकुर्टको नेतृत्वमा टर्कीकै स्वयंसेवी संस्थाले भूकम्पको सुरुवाती दिनदेखि आफ्नो श्रम लगाइरहेको छ। उनीहरूले जनाए अनुसार त्यहाँ थिचिएर पनि १० जना बाँचेका थिए। बचेका मध्यका पाँच जना बच्चा थिए। त्यहाँ सबैले सोध्ने एउटै प्रश्न थियो। अहिले टर्कीका धेरै घरमा सोधिने प्रश्न नै त्यही हो। “कसैले सुनेको छ ?” भत्किएको घरबाट आउने आवाज नै यही हो।

यसरी थिचिएर कोही आएर बचाउन आउँछ कि भन्ने आसमा बसेका उनीहरूले कुनै छिद्रबाट औंला निकालिएको दृश्य फाट्टफुट्ट देख्न पनि सकिन्छ। जब, त्यसरी भित्र कतैबाट यसरी आवाज आउँछ, त्यसपछि मानसपटलमा कस्तो हुन्छ होला ? यो स्वाभाविक प्रश्न हो। रेडक्रसका अधिकारी सबैको मनमा त्यसतै प्रश्न उब्जिएको छ।

बुराकले अहिले त्यस विषयका बारे केही सोच्ने गरेका छैनन्। जब त्यस किसिमको आवाज आउँछ, ती व्यक्तिलाई कसरी बचाउने भन्ने भन्दाबाहेक उनी अन्य कुनै पनि विषयमा सोच्न पनि सक्दैनन्। यसबाट मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउन अत्यन्त आवश्यक रहेको बराक बताउँछन्।

उनको विचारमा ती हरेक दृश्य पीडादायक छ। साथै नाटकीय पनि लाग्छ। उनलाई यो पनि लागेको छ कि, ती हरेक दृश्यले उनलाई बाँकी रहेका जीवनमा भत्काउन सक्ने छ। यी सबै कुराका बाबजुद उनी अहिले एकोहोरो मानव सेवामा आफूलाई तल्लीन बनाइ रहेका छन्। कुनै रात यस्तो थियो कि उनीहरूले निकालेका सबै व्यक्ति मरे। जिउँदा रहेकाले पनि अस्पताल लैजाँदा लैजाँदै बाटोमा ज्यान गुमाएका थिए। यस दिनलाई उनी आफ्नो जिन्दगीको दुःखद दिनको रूपमा व्याख्या गर्न चाहन्छन्।

भूकम्पबाट बच्नेका सुख र दुःख दुवै भावना छ। आफू कठिन अवस्थामा पनि बाच्न सकेकोमा खुसी हुने या दुःखी हुने उनीको कुरा हो। धेरै आफन्त गुमाउनुको साथै आफैं घाइते हुनु, घर ढल्नु र सम्पत्ति पनि गुम्नुको पिडा पक्कै कम हुँदैन।

फुटेका सिसाको बिचमा उनी अड्किएकी थिइन्। उनको टाउकोका कारणले आफन्त र उद्धारकर्ताले पहिचान गरेका थिए। चक्कुले धेरै ठाउँ काट्दै सावधानी पूर्वक उनलाई त्यहाँबाट बाहिर निकालिएको थियो।

डिलेक एगरर, अर्की प्रतिनिधि पात्र। आठ घण्टा पुरिए पनि ज्यान बचाउन सफल भएकी छन्। हतार हतार अभिभावकको कोठामा पुगेकी उनको मुटुको धड्कन बढी रहेको थियो। उनका बाबु, आमा र दाजुभाइ सबै मौन थिए। उनले आफूले होस् नै गुमाएको महसुस गरेकी थिइन्। डिलेकका अभिभावक र दाजु भाइले त्यही आफ्नो जीवन गुमाए।

फुटेका सिसाको बिचमा उनी अड्किएकी थिइन्। उनको टाउकोका कारणले आफन्त र उद्धारकर्ताले पहिचान गरेका थिए। चक्कुले धेरै ठाउँ काट्दै सावधानी पूर्वक उनलाई त्यहाँबाट बाहिर निकालिएको थियो।

दुई दिनसम्म त उनी रुन पनि नसक्ने अवस्थामा हुन्छिन्। हजुरआमाको कोठामा गएर सोफामा बसिन्। त्यसपछि उनी अझ बढी भावुक भएकी थिइन्। त्यसपछि उनले आमाको फोटो झिकेर त्यसलाई चुम्बन गरेकी थिइन्। केही समय छातीमा टाँसेकी पनि थिइन्।

उनलाई याद छ उनकी आमाले अन्तिम सास फेर्दा उनकै पाखुरामा थिइन्। मर्ने समयमा आमाको ध्यान छोरीको ज्यान बचाउनमा नै केन्द्रित थियो। आफूले केही गर्न नसकेकोमा उनलाई आत्मग्लानी छ।

मनोविश्लेषककै अनुसार अबको केही वर्ष टर्की र सिरियामा मानसिक समस्या देखिन सक्ने छ। सबै आफन्त एकै पटक गुमाएपछि जीवितमा बढ्दै जाने निराशा अबको टर्कीको प्रमुख समस्या होे ।

उनका पिता अर्को कोठामा च्यापिएका थिए। दाजु र भाइ अर्को कोठामा ज्यान गुमाए। एकै छिनमा उनको सम्पूर्ण संसार उजाड भएको थियो। हेर्दा हेर्दै आफूलाई माया गर्ने सबै जना एकै समयमा बिलाए। रिसाउने या कोहीसँग बदलाको भाव आउने कुरै भएन। उनले आफू एक्लिएको र रित्तिएको मात्र महसुस गरेकी छन्।

भूकम्पमा परेर ज्यान बचाउने हजारौँ जना मध्य डिलेक एक हुन्। अन्य धेरैको यस्तै दुखद कहानी छ। आफ्ना सबै आफन्त गुमाएपछि आफू पनि त्यही मर्न चाहेको कुरा पनि धेरैले उद्धृत गरेका छन्। धेरैले अझे आफूलाई सम्हाल्न सकेका छैनन्।

मनोविश्लेषककै अनुसार अबको केही वर्ष टर्की र सिरियामा मानसिक समस्या देखिन सक्ने छ। सबै आफन्त एकै पटक गुमाएपछि जीवितमा बढ्दै जाने निराशा अबको टर्कीको प्रमुख समस्या होे । यसबाट बाहिर निस्कनका लागि सबै पक्ष मानसिक उपचारका तल्लीन हुनुको विकल्प नै नभएको चिकित्सक बताउँछन्।

मनोविश्लेषक कगाय डुरुको विचारमा अहिलेको समस्या गम्भीर हो। यसको पहिलो चरणको उपचार भनेको उनीहरूको कुरा र भावनालाई ध्यान दिएर सुनी दिने नै हो। उनले राज्यले नै मनोवैज्ञानिक असरलाई कम गर्ने कुरामा सावधानी अपनाएर नीतिगत योजना नबनाउने हो भने यसले धेरे मनोरोगीको जन्म गराउन सक्ने चेतावनी समेत दिएका छन्।

टर्कीमा यो रुवाबासी लामे समय रहन सक्छ। धेरैको रोदन देखिन सक्छ। धेरैलाई अबको दिन कता जाने भन्ने पनि लाग्नसक्छ। सीमा क्षेत्रको यो असर अन्यत्र पनि छ।

राज्यको अर्को दायित्व पनि टड्कारो देखिएको छ। भूकम्पले क्षतविक्षत पारेको स्थानमा कसरी नियन्त्रित गर्ने भन्ने चासो र चिन्ता हुनु स्वाभाविक हो। पोस्ट ट्रमाटिक स्ट्रेस डिस्कअर्डर (पीटीएसडी)को समस्याबाट हामी पनि तपाईंहरूको साथमा छौं भन्ने भावनासहित एकबद्धता जाहेर गर्न सबै जना लागि परेका छन् ।

टर्कीमा यो रुवाबासी लामे समय रहन सक्छ। धेरैको रोदन देखिन सक्छ। धेरैलाई अबको दिन कता जाने भन्ने पनि लाग्नसक्छ। सीमा क्षेत्रको यो असर अन्यत्र पनि छ। त्यहाँ पुगेर फर्कनेका लागि पनि नमिठो सम्झना लामो समय रहन सक्छ। अब टर्कीलाई पीटीएसडीबाट बचाउनका लागि सिङ्गो संसारको दायित्व हो कि उनीहरूलाई लागोस्,“आफन्त गुमाए पनि एक्लो छैन। किनकी संसार सबै हाम्रै हो।” स्रोत : बीबीसी