आर्थिक

प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि

By खबरहब

February 27, 2023

काठमाडौँ-  प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा २.०४ अंकले वृद्धि भई २०२९ विन्दुमा आएको छ ।

यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता,१३ उपसूचकहरू मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।