फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सरकारलाई रास्वपाकाे समर्थन कायम रहने

By खबरहब

February 27, 2023

काठमाडौं– सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन कायमै रहने भएको छ । । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय भएको छैन् ।

अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । 

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।