फाइल तस्वीर

क्रिकेट

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य

By खबरहब

February 27, 2023

काठमाडौँ– नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भयो ।

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

मालेक क्रिकेट मैदानमा नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रनमात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । 

दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रनआउट गरेका थिए ।