आर्थिक

सेयर बजारमा ३.६५ अंकको गिरावट

By खबरहब

February 27, 2023

काठमाडौं– साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ । सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज  ५१ लाख २०  हजार ८८८ कित्ता  सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७  बढीको कारोबार भएको छ ।

यस्तै १५९ कम्पनीहरूको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थिर रहेको  नेप्सेले जनाएको छ ।  त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९  प्रतिशतले वृद्धि भएको छ । यता,  हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार   १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।