फाइल तस्वीर

राजनीति

प्रभु साहको पार्टी दर्ता रहेको संघीय संसद्‌लाई आयोगद्वारा जानकारी 

By खबरहब

February 27, 2023

काठमाडौं– निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्‌लाई जानकारी गराएको हो। 

यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग गरेको थियो। यसअघि स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद साह अब आम जनता पार्टीको अध्यक्षको हैसियतमा संसद्‌मा रहने भएका छन्। 

तत्कालीन समयमा नेकपा माओवादीसँगको एकताका क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक गठबन्धन गरेपछि उनी रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएर जितसमेत हात पारेका थिए।