फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सर्वोच्चद्वारा सन्दीप लामिछानेलाई विदेश जान अनुमति

By खबरहब

February 27, 2023

काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउने गरी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए । 

दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।