समाचार

आजीवन सदस्यलाई पारिश्रमिक उपलब्ध नगराउने प्रतिष्ठानकाे निर्णय

By खबरहब

February 27, 2023

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरूलाई पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरूले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय भएको जानकारी दिएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरूलाई प्रतिष्ठानबाट पारिश्रमिक-सुविधा उपलब्ध नगराउने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए । उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेका छन् । दोहोरो भत्ता लिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए ।

त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरूको कार्यविभाजन पनि गरेको छ ।