फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको जम्मु कश्मीर चलचित्र छायांकनको गन्तव्य बन्दै

By खबरहब

February 27, 2023

काठमाडौँ- चलचित्र छायांकनका लागि भारतको जम्मु कश्मीर नयाँ गन्तव्य बन्न थालेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा दुई वर्षको अवधिमा १५० भन्दा धेरै चलचित्रहरु छायांकन गरिएको छ ।

जम्मु कश्मीरमा सन् २०२१ मा नयाँ चलचित्र नीति लागू भएपछि त्यहाँ छायांकन गरिने चलचित्रको सङ्ख्यामा वृद्धि भएको एएनआईले उल्लेख गरेको छ । सुन्दर एवम् रमणीय वातावरण रहेका कारण जम्मु कश्मीर चलचित्र उद्योगका लागि नयाँ गन्तव्य बन्न पुगेको जनाइएको छ ।

यसबाहेक जम्मु कश्मीरमा पर्यटकको संख्यामा पनि वृद्धि भएको एएनआईले उल्लेख गरेको छ । गत वर्ष मात्र १८ लाख ८० हजारभन्दा धेरै पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका थिए ।