क्रिकेट

पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित

By खबरहब

February 27, 2023

काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।

यसअघि घरेलु मैदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गरेको हो ।

नेपालले अब बिहीबार युएईसँग खेल्नेछ ।