तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतीय कम्पनीद्वारा नयाँ सुपरसोनिक विमानको डिजाइन सार्वजनिक

By खबरहब

February 27, 2023

काठमाडौँ- भारतको सरकार सञ्चालित विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले नयाँ सुपरसोनिक विमानको डिजाइन सार्वजनिक गरेको छ । उक्त कम्पनीले भारतीय वायुसेनाका लागि निकै महत्वपूर्ण मानिएको हवाई प्रशिक्षण विमानको डिजाइन सार्वजनिक गरेको हो ।

उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै एचएलएफटी–४२ को डिजाइन सार्वजनिक गरेको हो । कम्पनीले यसलाई नयाँ पुस्ताको सुपरसोनिक प्रशिक्षण विमानको संज्ञा दिएको छ ।

यस विमानमा एक्टिभ इलेक्ट्रोनिकल्ली स्क्यान्ड एरे (एसा), इलेक्ट्रोनिक वारफेयर (ईडब्लू), इन्फ्रारेड सर्च एण्ड ट्र्याक (आईआरएसटी), फ्लाई बाई वायर (एफबीडब्लू) जस्ता उपकरण जडान गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।