समाचार

डा. क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

By खबरहब

February 27, 2023

काठमाडौँ- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. प्रकाश क्षेत्रीले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा. क्षेत्रीलाई प्रदान गरिएको हो।

स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमा डा. क्षेत्रीलाई उत्कृष्ट कार्यसम्पादन गरेवापत १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उनलाई सम्मानित गरेका थिए ।