सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

March 27, 2023

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण आइतबार राति मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।