आर्थिक

प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

By खबरहब

March 27, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ ।

यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

१३ उपसुचकहरु मध्ये हाईडोपावर कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।