ब्रेकिङ स्टोरी

देउवा र नेपालसँग प्रधानमन्त्री प्रचण्डको परामर्श

By खबरहब

March 27, 2023

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा परामर्श गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सभापति देउवा र अध्यक्ष नेपालसँगको छलफलमा, बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।