अन्तर्राष्ट्रिय

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

By खबरहब

March 27, 2023

काठमाडौँ- ब्राजिलको साओ पाउलो राज्यस्थित साओ कार्लोस शहरमा रहेको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

उक्त घटनामा दुई जना घाइते भएका छन् ।

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएको र भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ ।

आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु भएको पुष्टि गरेका छन् ।

एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए ।