तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

अल कायदाका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन प्रतिबन्धित

By खबरहब

March 27, 2023

काठमडौँ- फ्रान्सेली टेलिभिजन च्यानलले अल कायदा इन द इस्लामिक मागरेब (एक्यूआईएम) का नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोको सरकारले फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ ।

एक्युआईएमका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किनाबे सरकारले फ्रान्स २४ को प्रसारणमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारका प्रवक्ता जिन इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको दाबी गरेका छन् । उनले फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने जानकारी दिएका छन् ।

फ्रान्स २४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा काम गरेको मात्र नभई आतङ्कवादी कार्यहरू र घणा फैलाउन भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गरेको बुर्किनाबे सरकारले जनाएको छ ।

गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो ।