फाइल फोटो

देश/प्रदेश

महेन्द्रनगरमा भन्सार छली ल्याइएका सामान बरामद

By खबरहब

March 27, 2023

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै २ लाख रुपैयाँको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आइतबार साँझ उक्त परिमाणको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार भन्सार छलेर ल्याइएको सलाई, कपडाको अस्तर, नरिवलको धुलो र प्लास्टिकको झिल्ली गरी १ लाख ८७ हजारभन्दा धेरै रकम बराबरको मालसामान बरामद भएको हो ।

उक्त सामान बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।