फाइल फोटो

राजनीति

बाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

By खबरहब

April 27, 2023

मकवानपुर – बाग्मती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

बाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको जानकारी दिएका छन् ।

सो प्रदेशसभा प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भएको थियो ।