ब्रेकिङ स्टोरी

महानगरद्वारा बालाजुको कोतःधुकु पेट्रोल पम्प सिल

By खबरहब

April 27, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । 

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।