ब्रेकिङ स्टोरी

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीद्वारा दाबी पेस

By खबरहब

April 27, 2023

रूपन्देही– लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

 चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गरे  ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।