राजनीति

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

By खबरहब

April 27, 2023

काठमाडौँ– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।