प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

तिनाउ नदीमा डुबेका एक किशोर मृत फेला

By खबरहब

April 27, 2023

बुटवल– पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । 

बुधबार दिउँसो रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार खोजीकार्य जारी रहेकोमा बिहीबार दिउँसो सोही ठाउँमा उनको शव फेला परेको हो । 

शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।