ब्रेकिङ स्टोरी

उद्योग विभागका अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

By खबरहब

April 27, 2023

काठमाडौं । उद्योग विभागका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई अख्तियारको टोलीले १२ हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागे थिए । उनीहरुको कार्यकक्षबाट थप ३७ हजार ५३५ रुपैयाँ समेत बरामद गरेको पनि अख्तियारले जनाएको छ ।