फाइल फोटो

समाचार

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

By खबरहब

April 27, 2023

काठमाडौं। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बिहीबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक आएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।’’

उहाँको नौ दिनदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।