फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बोलाइयो

By खबरहब

May 27, 2023

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक शनिबारका लागि बोलाइएको छ।

शुक्रबारको पहिलो बैठक सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगन गरेका थिए। सो समयमा बैठक बस्न नसकेपछि सुचना निकालेर दिउँसो ३ बजे बस्ने भनिएको थियो। त्यसबेलासम्म पनि सहमति नजुटेपछि पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।

तर सहमति हुन सकेन र बैठक शनिबारलाई सारियो । आज अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा सुन भनेर पितलको जलहरी लगाएको आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेराउसहित विरोध गरेका थिए।

सभामुख घिमिरेले पटकपटक उनीहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्मसंसद्‌ अवरोध कायम रहने एमालेको अडान छ।