फाइल फाेटाे

ब्रेकिङ स्टोरी

रेशमको रिहाइ र नागरिकता विधेयक प्रमाणीकरण ढिलो नगरौँ : बाबुराम भट्टराई

By खबरहब

May 27, 2023

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न र सरकारले अनुरोध गरेअनुसार नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्न विलम्ब गर्न नहुने बताएका छन्।

हेर्नुस् उनको ट्वीट

रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु…

— Baburam Bhattarai (@brb1954) May 26, 2023