ब्रेकिङ स्टोरी

अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक जारी

By खबरहब

May 27, 2023

काठमाडौँ – अवरुद्ध संसद् चलाउन गर्ने विषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलगायत दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरीको उपस्थिती थियो । यसैगरी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारको पालामा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको विषय उठाए पछि एमालेले सो विषयमा माफी न मागेसम्म सदन चल्न नदिने अडान राखिरहेको छ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद् अवरुद्ध गरे पछि हिजो बैठक बस्न नै सकेन। पटक पटक सारिएको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।