ब्रेकिङ स्टोरी

सिके राउत र भाजपा बिदेश प्रमुखबीच भेटवार्ता

By खबरहब

May 27, 2023

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए ।  

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुख बिच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।