ब्रेकिङ स्टोरी

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

By खबरहब

May 27, 2023

काठमाडौँ — सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार राति बसेकोबैठकले कार्यक्रम पारित गरेको हो ।

संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गरेका थिए । गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

राष्ट्रिय सभाको जेठ ९ गते मंगलबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।