देश/प्रदेश

इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

By खबरहब

June 27, 2023

इलाम– इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । 

स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी सुरु भएको थियो ।। 

स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको स्थानीय पत्रकार सुमन लावतीले जानकारी दिए 

उनले घटनाको पूर्ण विवरण नआएकाले के–कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।

आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।