फाइल तस्वीर

ब्रेकिङ स्टोरी

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

By खबरहब

June 27, 2023

काठमाडौँ– भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा उनलाई नक्सालस्थित घरबाटै पक्राउ गरेको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना जग्गामा सरकारी कागजात किर्ते गरेको कसुरमा गुरुङलाई पक्राउ गरिएको बुझिएको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङ २०७७ साल माघमा विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।