सांकेतिक तस्बिर

अपराध

ललिता निवास जग्गा प्रकरणमा थप चारजना पक्राउ

By खबरहब

June 27, 2023

काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप चारजना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई केहीबेर अघि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन् ।

यसअघि आजै सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ तथा चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप छ ।