देश/प्रदेश

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

By खबरहब

June 27, 2023

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एक-आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पुनर्वास नगरपालिका-५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१-००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से ४ प २२७१ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

टिपरसँग ठोक्किएर गम्भीर घाइते रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।