देश/प्रदेश

बिहीबार देशभर सार्वजनिक बिदा

By खबरहब

June 27, 2023

काठमाडौं– सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो । 

‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।