सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरण : थप एक जना पक्राउ

By खबरहब

June 27, 2023

काठमाडौं– ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीलगायत अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । जसअनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ परेका छन् ।