राजनीति

संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिने

By खबरहब

June 27, 2023

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्त गरिने जानकारी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त गरिने जवाफ दिएका हुन् । 

राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्त हुने गरेको आंशकाप्रति जवाफ दिँदै मन्त्री गुरुङले संविधानले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्त हुने बताए ।